TRENDING

भुटानले नेपाललाई ६६ रनको विजयी लक्ष्य

काठमाडौं । एसीसी महिला प्रिमियर कपमा भुटानले नेपाललाई ६६ रन विजयी लक्ष्य दिएको छ।

मलेसियाको वायुमास ओभरलमा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन मात्र बनायो। भुटानका लागि ओपनर नग्वाङ छोदेनले सर्वाधिक २५ रन बनाइन्। टेसिङ जाड्बोले १७ रन बनाउँदा कप्तान डेसेन वाङ्बो १७ रन बनाएर आउट भइन्।

कसिलो बलिङ गरेको नेपालका लागि कविता कुँवर, सिता रानामगर, कविता जोशी र इन्दू बर्माले एक एक विकेट लिए।

हिजो भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो।