TRENDING

चीनमा कोइला खानीमा विस्फोट हुँदा १० जनाको ज्यान गयो, ६ जना बेपत्ता

एजेन्सी । चीनको हेनान प्रान्तमा रहेको एउटा कोइला खानीमा विस्फोट हुँदा १० जनाको ज्यान गएको छ । ६ जना बेपत्ता भएका छन् ।

खानीमा कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

विस्फोटको समयमा खानीभित्र ४ सय २५ जना कामदार रहेकामा तीन सय ८० जनाको भने उद्धार गरिएको सिन्ह्यामा उल्लेख छ । उनीहरुको सबैको अवस्था समान्य रहेको छ ।

कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले पक्राउ गरेका छन् । हेनान प्रान्तको आपतकालीन व्यवस्थापन मन्त्रालयले बेपत्ताहरुको यथाशीघ्र खोजी, उद्धार र मृतकहरुको पहिचानका लागि निर्देशन दिएको सिन्ह्वाले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाइ थप जोखिम हुनबाट रोक्ने मन्त्रालयले जनाएको छ ।