TRENDING

लक्ष्मी पूजाका लागि विद्युत् प्राधिकरणलाई छैन लोड

काठमाडौं । २६ कात्तिकका दिन परेको लक्ष्मीपूजालाई लक्षित गरी बजारभरी झिलिमिली लाइटिङको बिक्री भइरहेको छ । घरहरु सजावट हुन थालेका छन् ।

केही वर्ष अगाडिसम्म यस दिनलाई लक्षित गरी निकै तनावमा रहने नेपाल विद्युत् प्राधिकरण केही वर्षयता भने निकै सहज महसुस गर्छ ।

प्राधिकरणका निर्देशक सुरेशबहादुर भट्टराई अहिले तिहारमा सबैभन्दा कम लोड लक्ष्मी पूजाका दिन हुने बताउँछन् ।

‘उद्योगधन्दा बन्द हुन्छन्, व्यापारिक भवन बन्द हुन्छन्, सोहीकारण लाइटिङको मात्र लोड तुलनात्मक रुपमा धेरै नहुँदा तिहारमा सो दिन आजकल कम मात्र लोड हुन्छ,’ उनले भने ।

केही समय पहिला सकेसम्म कम बिजुली खपत गर्न आह्वान गर्ने प्राधिकरणले अहिले भने विद्युत् खपत बढाउन आह्वान गर्दै आइरहेको छ ।