TRENDING

वायु प्रदूषणका कारण भारतको दिल्लीमा एक हप्ता विद्यालय बन्द

एजेन्सी । वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ ।

गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा आजदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएको दिल्ली राज्यका शिक्षामन्त्री आतिशीललाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ । अत्यन्तै घातक अवस्थामा रहेको प्रदूषणको अवस्थामा सुधार हुने नदेखिएपछि विद्यालय बन्द गर्नुपरेको दिल्ली सरकारले जनाएको छ । दिल्लीमा निर्माण कार्य पूर्णरुपमा रोकिएको छ । मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।