TRENDING

इजरायलमा ज्यान गुमाएका नेपालीको शव केही दिनभित्रै नेपाल पठाउने तयारी

काठमाण्डौ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूको शव केही दिन भित्रमा नेपाल ल्याइने भएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ । दूतावासका अनुसार पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर २र३ दिनमा नेपाल पठाउन लागिएको हो ।

ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ । प्राप्त भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने दूतावासले जनाएको हो । बाँकी पाँच शवको पहिचानको काम भइरहेको छ । गएको असोज २० गते आक्रमणमा परी बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजी तीव्र पारिएको पनि दूतावासले बताएको छ ।