TRENDING

अफगानिस्तानमा भूकम्पबाट २४ सय बढीको मृत्यु

एजेन्सी । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको जिन्दाजान जिल्लाको नाइब रफी गाउँमा अक्टोबर ७ मा गएको भूकम्पमा परी हालसम्म २४ सय बढीको ज्यान गएको छ।

अझैसम्म उद्धार कार्य जारी रहेको छ। अफगानिस्तानका अधिकारीहरुले भूकम्प प्रभावित पश्चिमी प्रान्तहरू, मुख्यतया हेरातमा मर्नेहरुको संख्या २४ सय नाघेको बताए। सो क्षेत्रमा आवासका लागि सहयोगको आवश्यकता रहेको बताएका छन्।

सो क्षेत्रका घर पुनर्निर्माण गर्न करिब दुई महिना लाग्ने बताइएको छ। उनीहरू अहिले त्रिपालमुनि बसिरहेका छन्। अहिलेसम्म भूकम्पको परकम्प जारी छ।