TRENDING

इजरायलबाट स्वदेश आइपुग्दा खुशी भए नेपाली

काठमाण्डौ । सरकारले इजरायलबाट २ सय ५४ जना नेपालीलाई उद्धार गरेर काठमाण्डौ ल्याएको छ।

बिहीवार बिहानपख काठमाण्डौ आइपुगेका उनीहरु निकै खुसी देखिन्थे । विमानस्थलमा पर्खेर बसेका आफन्तसँग भेट हुनेबित्तिकै उनीहरुले खुशीको आँसु लुकाउन सकेनन्। उनीहरुले आफूहरु भाग्यवश बाँचेको बताए । उनीहरुलाई नेपाल एअरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।

उद्धारपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अरुलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो ।

इजरायलको तेल अभिभमा रहेको नेपाली राजदूतावासले सुरक्षित ठाउँमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत् आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म ५ सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । यसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गरेकोमा दुई सय ५४ जना स्वदेश फर्किएका छन्ु उहाँले भन्नुभयो ।