TRENDING

इजरायलबाट विद्यार्थीको गुहार : बिन्ती छ आज दिनभरमा उद्धार गरिदिनुस्

एजेन्सी । हामी अहिले दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभमा छौं । हामी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायबाट आएका विद्यार्थीहरु हौं । हामी ५ जना छौं । हामी घरमा पीडा हुन्छ, तनाव हुन्छ भनेर आफ्नो पीडा नबताउने योजनामा थियौं । हामी घरभन्दा माथि उठेका छौं ।

अहिले हामीलाई देशले केही नगरेको अवस्थामा हामी आफ्नो कुरा भन्न बाध्य भयौं । हामी अहिले बंकरमा सिरहेका छौं । यो बंकरमा बस्न थालेको तीन दिन भयो । आइतबार साँझदेखि नेपाली दूतावासले उद्धार गर्छ कि भनेर तयारीमा अवस्थामा बंकरमा बसिरहेका छौं । जब साँझ पर्छ, डर बढ्दै जान्छ । राति मिसाइल पर्दा बंकर थरर हल्लिन्छ । दर्दानाक हुन्छ । हामीले १० जना साथीहरु गुमाइसक्यौं । अझै पनि आफू पनि गुम्छौं कि भन्ने डर छ ।

१० जना साथीको त्यो चिच्चाहट, उनीहरुले हामीलाई गरेको हारगुहार याद आउँछ । रातभरि निन्द्रा लाग्दैन । हामीलाई त्यतिमात्रै होइन, मिसाइल यो बंकरमा बज्छ भनेर नेपाल सरकारले सोचिरहेको होला । अहिले कोठामा जो उज्यालो आइरहेको छ, ढोका खुल्ला छ । त्यहाँ आएर राति आतंककारीहरुले साथीहरुलाई जस्तै हामीलाई पनि कुरुतापूर्वक मार्‍यो भने हामी पनि त्यसैगरी मर्ने रु बिन्ती छ–अब अझै पनि पर्खन सक्तैनौं । भारतले एकजना टिकटक स्टारलाई प्लेन चार्टर गरेर भारत लाग्यो भनेर समाचारमा सुन्छौं । नेपाल सरकारले यत्रो विद्यार्थीलाई केही पनि गर्न सक्तैन हो रु

४९ जनामा १० जना त गुमाइसक्यो । अझै बचेको छौं । त्यत्तिलाई त केही न केही गर्नुपर्‍यो । देश फर्केर त हामी पनि केही न केही गर्न सक्छौं होला नि । केही न केही गरिदिओस् । हामीलाई बैठक भइरहेको छ, यता त्यता सुनाउनुपर्दैन । म्यासेजमा हामी यस्तो गरिरहेका छौं भनेर भन्नुपर्दैन । हजुरहरु ९राज्य०ले मिटिङ गर्नुस् वा जे गर्नुस् । तर तीन दिन भयो । त्यो पनि त सोचिदिनुस् ।

हामीलाई केही भाएको छैन । हामी अहिले मानसिक तनावले कुन अवस्थामा होला रु राति बस्दाखेरि मेरो श्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । श्वास नपुगेको अनुभव हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने रु आज दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस् ।