TRENDING

पाकिस्तानमा अवैध रूपमा बसिरहेका ६१ विदेशीलाई पक्राउ

एजेन्सी । इस्लामावाद प्रहरीले पाकिस्तानमा अवैध रूपमा बसिरहेका ६१ विदेशीलाई पक्राउ गरेको गरेको छ। समाचारहरूका अनुसार सब्जी मण्डी प्रहरी चौकीनजिकै गरेको एउटा अपरेसनमा ३९ विदेशीलाई पक्राउ गरिएको थियो।

यी व्यक्तिहरूलाई पाकिस्तानमा बस्न अनुमति दिने राहदानी र भिसा लगायतका कानुनी कागजातहरू बिना फेला पारिएको थियो। यसैबीच, भरा काहु प्रहरीले अठलचोक र कियानी रोडमा दुईवटा कम्बिङ अपरेसन गरेको र अन्य १५ विदेशीलाई नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ।

यसैगरी, फुलग्रान प्रहरीले सेरीचोकबाट अन्य सात विदेशीलाई पक्राउ गरेको छ। इस्लामावादमा अवैध रूपमा बसेका विदेशीहरू विरुद्ध ६५ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अहिले रावलपिण्डी जिल्लामा यी व्यक्तिको तथ्यांक संकलन गर्न थालेको छ। पाकिस्तानमा गैरकानुनी रूपमा बसिरहेका ११ लाखभन्दा बढी विदेशीहरूलाई स्वदेश फर्काउने कार्यवाहक सरकारको योजनापछि यो आएको हो।

यसबाहेक रावलपिंडीका पिरवधाइ, सादिकाबाद र नसीराबादलगायतका विभिन्न भागमा धेरै विदेशी नागरिक अवैध रूपमा बस्दै आएका छन्।