TRENDING

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा हुने भएको छ । कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड एनजी ल्याएकाविद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा संचालन हुन लागेको हो ।

त्यसका लागि १ विषयमा एनजी आएका विद्यार्थीको संख्या ७९ हजार ५८४ विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

यो वर्षको परीक्षामा १ लाख ८२ हजार ९२६ विद्यार्थीले एनजी ल्याएका छन् । तीमध्ये १ लाख २३ हजार विद्यार्थीले ग्रेड बुद्धि परीक्षा दिन पाउनेछन् ।