TRENDING

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने निरन्तर घट्दै

काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । ७ साउनमा आएको मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको नेप्से बुधबारदेखि भने घट्न रोकिएर सामान्य वृद्धि भएको थियो । बिहीबार पनि दिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको हो ।

बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा २०८९.८४ को विन्दुमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित लघुवित्त, जीवन बीमा लगायतका उपसूचकमा सामान्य वृद्धि हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर लगायतका उपसूचकमा भने गिरावट भएको छ ।