काठमाडौँ । भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी०ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ । ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।
केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । जसले गर्दा भारतबाट आउने प्रशोधित तेलको मूल्य समेत बढेको हो । असार ९ गते डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ६९ डलर रहेकोमा साउन १६ गते ८१ डलर कायम भएको छ । त्यस्तै ब्रेन्ट तेलको यो अवधिमा ६९ डलरबाट ८५ डलर पुगेको छ । मुर्बान तेलको मूल्य प्रतिब्यारेल ७४ बाट ८४ डलर पुगेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
शेयर बजार ८ अङ्कले बढ्यो, ३ अर्ब १५ करोड रुपैयाँको कारोबार
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
प्रभु केबुलकारले आईपीओ जारी गर्ने
सुनको भाउले आज फेरि राख्यो नयाँ रेकर्ड
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढयो
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
काठमाडौंको वायु अझै स्वस्थकर
अफगानिस्तानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८