TRENDING

२६ अङ्कले घटेर शेयर बजार २१ सय विन्दुमा झर्‍यो, साढे २ अर्ब रुपैयाँको कारोबार

काठमाण्डौ । लगातार पाँचौँ दिन आज पनि शेयर बजार घटेर राताम्मे भएको छ । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार परिसूचक नेप्से २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मनकामना स्मार्ट र अभियान लघुवित्तको शेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज पिपुल्स पावर कम्पनीको शेयर साढे तीन प्रतिशत र सुपर माई हाइड्रोको शेयर तीन प्रतिशतले बढेको छ ।

आज ६८ लाख ६० हजार कित्ता शेयर दुई अर्ब ५० करोड २८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।