TRENDING

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।