TRENDING

यो साता सुनको मूल्यमा सामान्य वृद्धि

काठमाण्डौँ । यो साता नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवारसम्ममा सुनको मूल्यमा सामान्य वृद्धि भएको हो ।

गत साताको शुक्रवार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।

जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा तोलामा ३०० रुपैयाँले बढेर १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । महासङ्घका अनुसार यो साता तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ कायम छ ।