TRENDING

७१ प्रतिशतले घट्यो लाभकर

काठमाडौं । धितोपत्र बजारवाट सरकारले आर्थिक वर्ष २०७९/८० मा रू २ अर्ब ९७ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनवाट रू ९९ करोड ८५ लाखभन्दा बढी र अल्पकालीनबाट रू १ अर्ब ६४ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।

त्यस्तै संस्थागत लगानीकर्ताबाट सरकारले आव २०७९/८० मा रू.३३ करोड १२ लाखभन्दा बढी पूंजीगत लाभकर संकलन गरेको छ । गत आव सरकारले अघिल्लो आवको तुलनामा ७१ प्रतिशतभन्दा कम पंजीगत लाभकर संकलन गरेको हो ।

अघिल्लो आव २०७८७९ मा सरकारले रू.१० अर्ब ३५ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । अघिल्लो वर्ष दीर्घकालीन लगानीकर्ताबाट रू। २ अर्व ३६ करोड ६१ लाखभन्दा बढी र अल्पकालीनबाट रू. ६ अर्ब ४९ करोड ६५ लाखभन्दा बढी कर सरकारले उठाएको थियो ।