TRENDING

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताको खुला गरेको आईपीओ आज बन्द हुदैँछ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेर आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि असार २६ गतेदेखि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो ।