TRENDING

त्रिविद्धारा सम्बन्धन नवीकरण नगरेका १ सय ७५ क्याम्पसरकलेजको सूची सार्वजनिक 

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त तर नवीकरण नगरेका क्याम्पसरकलेजहरुको सूची सार्वजनिक गरेको छ ।

त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले देशभरका १ सय ७५ क्याम्पस÷कलेजहरुको सूची सार्वजनिक गरेको हो ।

यसअघि त्रिविले गएको पुस २० र चैत २८ मा सम्बन्धन नवीकरण गर्न सूचित गरी नवीकरण नगरे खारेज किन नगर्ने रु भनेर सूचना प्रकाशित गरेको थियो ।

त्यसअनुसार सम्बन्धन नवीकरण नगरेका क्याम्पस÷कलेजको सूची सार्वजनिक गरिएको र त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका क्याम्पसरकलेजलाई नियमअनुसार कारबाहीको प्रकृया अगाडि बढाउने सूचनामा उल्लेख छ ।

साथै कुनै क्याम्पस नवीकरण प्रकृयामा भएको भएमा आधिकारिक कागजपत्र र प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।