TRENDING

निजगढ विमानस्थलको साइट क्लियर १ वर्षभित्र सक्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०८०र८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने उनले प्रतिवद्धता जनाए । उनले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए । ‘राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य प्राथमिकता आयोजनाहरूको जग्गा अधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा छ’ उनले भने ‘आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायमार्फत सम्बोधन गरिनेछ ।’