TRENDING

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ९ हजार ९५० रुपैयाँ रहेको थियो । बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० रुपैयाँ थियो ।

बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ रहेको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ३८५ रुपैयाँ थियो ।