TRENDING

मलेसियाविरुद्ध नेपाल ५० रनमा अलआउट

काठमाडौं । पाँच खेलको टी२० अन्तर्राष्ट्रिय शृखंलाका लागि मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले पहिलो खेलमा खराब ब्याटिङ गरेको छ ।

झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको नेपालले बांगाईस्थित युकेएम–युएसडी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । तर घरेलु टोलीलमलेसियाले उत्कृष्ट बलिङ गरेपछि नेपाल पूरै ओभर समेत क्रिजमा टिक्न सकेन र १६.५ ओभर खेल्दै ५० रनमा अलआउट भयो ।
नेपालका लागि यसै खेलबाट डेब्यु गरेकी सम्झन खड्काले सर्वाधिक १३ रन बनाउँदा विकेटकिपर ज्योती पाण्डेले ११ रन जोडिन् ।

यस्तै युवा खेलाडी कृतिका मरासिनीले पनि यसै खेलबाट नेपालको सिनियर टिममा डेब्यु गरिन् । सम्झना र कृतिका पहिलो पटक सिनियर टिममा परेका हुन् । कृतिका शुन्यमा अविजित रहिन् ।