TRENDING

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौ । घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा नेपाल तेस्रो भएको छ।

नेपालले उज्वेकिस्तानविरुद्ध ३–१ सेटको जित निकालेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेप को कभर्डहलमा भएको खेलमा पहिलो सेट २५–२० ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले जितेर खेलमा फर्किएको थियो ।

तेस्रो र चौथो सेट २५–१५ र २५–१३ मा जितेर नेपालले तेस्रो स्थान पक्का गरेको हो ।