TRENDING

त्रिभुवन विश्वविद्यालयले आउँदो मंगलबारबाट वर्षे बिदा दिने

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आउँदो मंगलबारबाट वर्षे बिदा दिने भएको छ । गत सोमबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले जेठ १६ गतेपछि बिदा दिने निर्णय गरेको हो ।

त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरुमा पूर्वव्यवस्थाअनुसार शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई यस वर्षको वर्षे बिदा आ–आफ्नो निकायको अनुकुलता हेरेर दिनसमेत निर्देशन दिइएको जनाइएको छ ।

त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै बढीमा २० दिन बिदा दिन सकिने जनाएको छ ।