काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उहाँले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा भइरहेको छानविनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाउनुभएको थियो ।
ज्ञापनपत्र बुझाएपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानविनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभयो । प्रधानमन्त्रीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि यो महत्वपूर्ण अवसर रहेको भन्दै कुनै पनि कमी कमजोरी हुन नदिने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।
मुख्य समाचारबाट थप समाचार
देशको पहाडी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना
नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
जेठ २६ मा नेपाल पत्रकार महासंघको चुनाव हुने
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्तानलाई संस्कार कि सम्पत्ति
इडिभीको नतिजा प्रकाशित
देशको पहाडी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना
नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
जेठ २६ मा नेपाल पत्रकार महासंघको चुनाव हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८