TRENDING

काठमाडौंका सडकमा ‘एक्सप्रेस – टी’ विद्युतीय ट्याक्सी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकहरुमा सार्वजनिक बिजुली यातायात रूपमा ‘टाटा एक्सप्रेस(टी’ का प्रिमियम विद्युतीय ट्याक्सीहरु गुड्न थालेका छन् ।टाटा मोटर्सको निर्मित यी विद्युतीय सेडान ट्याक्सीहरु नविन एवं समुन्नत विशेषताहरुले सम्पन्न रहेको कम्पनीले जनाएको छ ।

यसमा लामो रेन्जको लागि २६ किलोवाटको शक्तिशाली लिथियम ब्याट्रीको प्रयोग भएको छ। टाटा एक्सप्रेस –टि मा ११० मिनेटको छोटो अवधिमै ० देखि ८० प्रतिशत चार्ज हुने प्रभावकारी चार्जिंङ सकेट छ ।
कम्पनीका अनुसार भित्री र बाहिरी बनावट आकर्षक मात्र नभएर यस टाटा एक्सप्रेस –टि मा सुरक्षाको लागि एअर ब्याग, इबीडीसहितको एबीएस लगायतका विशेषताहरु पनि छन् । घरमै १५ एम्पियरमा चार्ज गर्ने मिल्ने एक्सप्रेस –टि मा स्वचालित एसीको पनि व्यवस्था छ ।

एक्सप्रेस हरित प्रविधिमा आधारित सवारी साधन भएकोले आर्थिक रुपले मितव्ययी एवम् वातारणीय दृष्टिकोणले पूर्ण फाइदाजनक भएको पनि बताइन्छ ।
टाटा एक्सप्रेस टि सम्बन्धित जानकारी काठमाडौँको बालकुमारीस्थित सिप्रदीको शो(रुम बाट लिन सकिने र चार्जिंङका साथै गाडीको मर्मत पनि सोही स्थानबाट नै गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली विद्युतीय सवारी साधनको बजार विस्तार हुँदै गर्दा इलेक्ट्रिक ट्याक्सीले एउटा इँटा थप्ने काम गरेको यातायात व्यवस्था विभागका अधिकारीहरू बताउँछन् ।

सञ्चालन र मर्मत खर्च निकै कम हुने र आकर्षक, आरामदायी र अन्य उच्च प्राविधिकयुक्त समेत हुने विशेषताहरुले पनि विद्तीय सवारीमा आकर्षण बढ्दो छ । यस्ता सवारी साधनहरुको भन्सार महशुल तथा नवीकरण र दर्तामा भारी छुटको साथै खरिद गर्दा ठूलो परिमाणमा बैंक कर्जा र बढी सुरक्षित बीमा योजनाको सुविधा छ।

कम्पनीहरुले आक्रामक बजारीकरणको रणनीति अपनाउँदै आवश्यक पूर्वाधार एवं जनशक्तिको निर्माण गरिरहेका छन्।

पछिल्लो केही समयदेखि विशेषतस् सार्वजनिक यातायातको संचालनमा नवीकरणीय ऊर्जाले प्राथमिकता पाएको छ । बागमती प्रदेशले ‘सार्वजनिक यात्रुवाहक विद्धुतीय ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड’ मार्फत ब्याट्रीबाट चल्ने ट्याक्सी प्रोत्साहित गरेको छ ।

यसका कारण आम यात्रुहरुको अतिरिक्त विदेशी पर्यटकहरुले निश्चय नै प्रदुषणमुक्त, गुणस्तरीय एवं सुरक्षित यात्राको अनुभव गर्न पाउने अवस्था बन्दै गएको छ ।

देशका अन्य सबै प्रदेशहरूमा पनि विद्धुतीय ट्याक्सी सेवा विस्तार गर्नुपर्ने मागहरु उठेका छन् ।

नेपाल जस्तो राष्ट्रको समग्र यातायात क्षेत्रको समयानुकुल एवम् दिगो रूपान्तरणको लागि यस्ता सवारी साधन महत्वपूर्ण भूमिका खेल्ने टाटाको सिप्रदी ट्रेडिङको मान्यता छ।

एक्सप्रेस–टि का प्रिमियम विद्युतीय ट्याक्सीहरुका बारेमा जानकारी लिनु परेमा कम्पनीका कर्मचारी टोल फ्रि नम्बर १६६००१५५७७७ अथवा ९८०१५७५७७७ मा निःशुल्क कल गर्न सकिने कम्पनीले जनाएको छ ।