TRENDING

पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४४४ पुगेको छ। पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा शून्य मृत्यु रहेको छ।€

Corona