TRENDING

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८१ पीसीआर र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४०५ र एन्टिजेन परीक्षणबाट २५३ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ९३ पुगेको छ । त्यस्तै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९६ पुगेको छ ।

Corona