TRENDING

अन्तत: अर्थमन्त्री शर्माद्वारा राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। उहाँले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गर्नुभयो । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ ।