TRENDING

मकवानपुरको मनहरी १ मा घलान मृत अवस्थामा भेटीए

मकवानपुर । मकवानपुरको पश्चिम क्षेत्र मनहरी गाउँपालिकाको जंगलमा एक पुरुषको शव फेला परेको छ । मनहरीको वडा नम्बर १ को मकरीस्थित भोर्लेटाँडी जंगलमा स्थानीय ६५ वर्षीय मानबहादुर घलानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिवारबाट बेपत्ता भएका घलान खोजी गर्ने क्रममा मृत फेला परेका हुन् । घलान जंगलमा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई पोस्टमार्टमको लागि जिल्लाको हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।