TRENDING

बागमती प्रदेशको एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेशको एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो । यतिबेला देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशको एक/दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना छ ।