TRENDING

धादिङको गल्छी ६ मा बस दुर्घटना, ३१ जना घाइते

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बस सडकमै पल्टिएको छ । खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।