TRENDING

सधैं हतार छ भन्नुहुन्छ, समयबद्ध काम गर्न सक्नुभएन : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाले सँधै हतार छ भने पनि कामहरु अलपत्र छाड्ने गरेको बताएका छन । उनले देउवाले समयबद्ध रूपमा काम गर्न नसकेको बताए। पूर्व सांसद मञ्च नेपालले ६४औं संसद दिवसका अवसरमा संघीय संसद सचिवालयमा गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन । उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा रहे पनि काम छ भन्दै सबैभन्दा पहिले बोलेर निस्किएका थिए ।

हाम्रो प्रधानमन्त्रीजी हतार छ भनेर जानुभयो। ठिक छ, देशको प्रधानमन्त्रीलाई समय कम हुन्छ मलाई त्यो पनि थाहा छ, उनले भने, सबै प्रधानमन्त्रीलाई हुन्छ । तर हाम्रो प्रधानमन्त्रीलाई कति हतार छ भन्ने कुरा त कामकारबाहीबाट देखिन्छ । प्रधानमन्त्रीले मलाई समय पुगेन भन्ने, काम सधैं अलपत्र छाड्ने? उनले पार्टीमा पनि महाधिवेशन भएपछि छ महिनाभित्र गर्नुपर्ने काम अलपत्र रहेको बताएका थिए ।