TRENDING

१३ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मकवानपुरका प्रजा पक्राउ

काठमाडौं । काठमाडौंमा १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–५ पाँगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजा छन ।

उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई ललाईफकाई आफ्नै कोठामा लगेर प्रजाले बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको छ ।