TRENDING

हेटौंडामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कमलडाडाँमा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा ४ स्थित कमलडाडाँमा डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटौंडा ९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा अनलाइन जुवा खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका बिभिन्न कम्पनीका १ सय ८ थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ सहित पक्राउ गरेको हो । हाल फरार कुलदीप पाठकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।