TRENDING

कोरोना अपडेट: थप ४१ जनामा कोरोना पुष्टि, काठमाडौंमा सबैभन्दा बढी सङ्क्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३६ र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसमध्ये सबैभन्दा बढी सङ्क्रमित काठमाडौँमा रहेका छन् । काठमाडौंमा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ३ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । पछिल्ला केही दिनमा कोरोना सङ्क्रमित बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर २ सय ८ पुगेको छ ।