

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २३औं वार्षिकोत्सव शनिबार हिजो सम्पन्न भएको छ । सोको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।शनिबार नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कार प्रदान गरेका थिए ।
तीन वर्षदेखिको पुरस्कार एवं सम्मान एकै पटक प्रदान गरिएको थियो । जसअनुसार ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’ बाट वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरेलाई सम्मान गरिएको छ । यस्तै ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ बाट दिवाकर मैनाली र आर. डी. शृंखला (राजन दाहाल) लाई सम्मान गरिएको छ।
राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८ बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट कुमार आचार्य र गीता अधिकारी, राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ बाट मनोज न्यौपाने र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८ पोखराका रेम रसाइलीलाई प्रदान गरिएको थियो।
त्यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९ बाट राजाराम फुँयाल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट नेमिष गौतम र विष्णुप्रसाद सुवेदी, राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट उद्धव रसाइली र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट मकवानपुरका श्रीराम अर्जुनलाई सम्मान गरिएको थियो ।
चलचित्र पत्रकारिता पुरस्कारको राशि ५१ हजार रुपैयाँ र मोफसल चलचित्र पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।
समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७