TRENDING

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। यो सँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ रहेको छ।

सोही क्रममा देशभर १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा चार हजार ७७१ जन संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५२ हजार ७८० जना कोरोनाका संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।