काठमाडौँ । देशभर आज थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
आज ६ हजार ४ सय ९९ वटा नमुनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय ५ जनामा र ५ हजार ८३ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा १ हजार ४ सय ३२ गरी जम्मा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० लाख ९१ हजार ८ सय ८८ पुगेको छ ।
त्यस्तै देशभर आज ७ हजार ५ सय ५५ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको हुनेको कुल सङ्ख्या ८ लाख ७८ हजार ७ सय २० जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ११ हजार ७ सय ६४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म देशभरि ६९ हजार २ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा मात्रै देशभर ८ लाख १५ हजार ७ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये १ करोड ७१ लाख ४४ हजार ८ सय ६७ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने १ करोड ४८ लाख २८ हजार ९ सय ५३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् भने अतिरिक्त मात्रा खोप लिनेको सङ्ख्या ४ लाख ८४ हजार ४ सय ७९ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज काठमाडौँमा ८ सय ६८ जना, ललितपुरमा १ सय ७० जना र भक्तपुरमा ८५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
प्रहरीमाथि हातपात, एक जना पक्राउ
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८