TRENDING

सल्यानमा मास्क खै अभियान पुनः सञ्चालन

सल्यान । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि सल्यानमा तपाईँको मास्क खै रु अभियान पुनः सञ्चालन गरिएको छ ।

पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएको सल्यानमा केही महिना कोरोना संङक्रमण दर कम भएसँगै पछि छोडिएको तपाईँको मास्क खोइ अभियान कोरोना देखिएसँगै पुनः सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सल्यान, जिल्ला प्रहरी कार्यालय सल्यान, सु आहारा कार्यक्रम, स्वास्थ्य सेवा कार्यालय सल्यानले मास्क वितरण गर्दै तपाईँको मास्क खै रु अभियान सञ्चालन गरेका छन् ।

सडकमा मास्क वितरण सँगै सँगै स्टिकर पनि वितरण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो । कोभिड–१९ को नयाँ भेरिअन्ट ओमिक्रोनबाट बच्न अपनाउनुपर्ने सतर्कताका विषयमा समेत जानकारी दिने गरेको उहाँको भनाई छ ।

त्यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिने गरेको खड्काले बताउनुभयो । बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग नगरेको पाइएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हाल जिल्लामा २ सय १८ सक्रिय संक्रमित रहेका छन् । कार्यालयका सूचना अधिकारी थलराज डिसीका अनुसार शारदा नगरपालिकामा ६९, छत्रेश्वरीमा ३०, त्रिवेणीमा ११, कपुरकोटमा १६, कालीमाटीमा ६, सिद्ध कुमाखमा ३, कुमाख गाउँपालिकामा १०, बनगाड कुपिण्डे नगरपालिकामा १३ र बागचौर नगरपालिकामा ६० संक्रमित रहेका छन् ।