

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ।
समाजवादीले आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकले शनिबार र आइतबार काठमाडौंमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको एजेन्डा तय गरेको हो ।
केन्द्रीय कमिटीको पहिलो दिन शनिबार केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइने नेता गंगालाल तुलाधरले जानकारी दिए ।
बैठकमा संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट गएका मन्त्रीहरूबाट जानकारी लिने र प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुने कार्यसूची तय भएको उनले बताए ।
बैठकको दोस्रो दिन केन्द्रीय सचिवालय र कार्यालयहरूबाट भएका काम कारबाहीहरू अनुमोदन हुनेछन् । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने र समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिने तुलाधरले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकमा नेकपा समाजवादीले सातवटै प्रदेशबाट पार्टीको अवस्थाका बारेमा रिर्पोट लिने तय गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७