TRENDING

कोरोना अपडेट : थपिए ५३३ संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोभिड संक्रमित थपिएका छन् ।

११ हजार ६६४ ओटा नमुनाको परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेकोे छ ।

त्यस्तै आज ४९० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Corona