TRENDING

थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा मंगलबार थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ र दुई हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९६ हजार ७६९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ९१० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७७ हजार ७४१ संक्रमित निको भएका छन् ।

हाल नेपालमा १४ हजार ५५४ सक्रिय संक्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Corona