TRENDING
होमपेज
धुनिबेशीमा यात्रु बसले दियो पैदलयात्रीलाई ठक्कर, पैदलयात्रीको घटनास्थलमै मृत्यु


काठमाडौं । रसुवाबाट काठमाडौं जादैँ गरेको यात्रु बसले शुक्रबार धुनिबेशी नगरपालिका–७, नौविसेमा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।
बा ५ ख ६१५१ नम्बरको यात्रुबसले पैदलयात्री धुनिबेशी नगरपालिका–७ का ४० वर्षीय ज्ञानसागर लामालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी धादिङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक जागेश्रवर भण्डारीले बताए ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घनापछि मृतकका आफन्तले राजमार्गमा अवरोध गरेका छन् ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७