TRENDING

कारभित्रै यौनक्रिडामा व्यस्त थिए एक जोडी, हातबाट ब्रेक फुस्किँदा सडकमै पल्टियो कार

एक प्रेमीप्रेमीकाले कारमै अन्तरङ्ग समय बिताउँदा निकै अप्ठ्यारोमा फसेका छन् ।

यो घटना इंग्ल्याण्डको डर्बीशायरको हो ।

त्यहाँ एक जोडी कारमै यौनक्रियामा व्यस्त थिए । त्यतिकैमा कार दुर्घटनामा पर्‍यो ।

सुनसान स्थानमा कार रोकेर उनीहरूले कारभित्रै यौनक्रिडा गरिरहेको अवस्थामा कार पल्टिएको सञ्चारमाध्यम ‘द सन’ले उल्लेख गरेको छ ।

त्यसपछि उनीहरू कारबाट बाहिर निस्कन सकेनन् ।

उनीहरूले कारमा ह्याण्डब्रेक लगाएर यौन क्रिया गरिरहेका थिए । त्यसै समयमा उनीहरूले ब्रेकबाट हात हटाए ।

त्यसपछि गाडी सडकतिर अगाडि बढ्यो र कोल्टे पर्‍यो ।

डर्बीशायर पुलिसले त्यो जोडीको उद्दार गरेपछि ट्वीटरमा तस्वीर शेयर गरेको छ । जसमा देखिन्छ कि कार छड्के परेर सडकमा बसेको छ ।

प्रहरीले ट्वीटमा लेखेका छन्,‘डर्बीशायरको अज्ञात स्थानमा एक कारमा एक जोडी फसेका थिए । उनीहरूले आफ्नो सम्बन्धलाई अझ बढी मजबूत बनाइरहेका थिए । त्यसैक्रममा गाडी ह्याण्डब्रेकबाट हटेको र चिप्लिएर। अगाडि बढेको थियो ।’