TRENDING

बुटवलमा जनताले मेयर कुटे

काठमाडौं । बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि स्थानीयले मुक्का प्रहार गरेका छन् ।

बुटवल ज्योतिनगरका पहिरो पीडितले मेयर सुवेदीले पहिरोबाट विस्थापित परिवारलाई लामो समय बितिसक्दा पनि कुनै उचित व्यवस्थापनको काम नगरेको भन्दै उनीहरुले हातपात गरेका बताइएको छ । प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए ।

गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । आज सोही ठाउँको पहिरो निरीक्षण गर्न मेयर सुवेदी सहितको टोली पुगेको थियो ।

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको थियो ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको थियो । २०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर विस्थापित भएका थिए ।