TRENDING

बुद्धभूमी नेपाल हाइड्रोपावरको आइपिओ आउँदै, हेर्नुहोस् कहिले र कति सम्म दिने आवेदन

काठमाडौं । यहि असोज ११ गतेबाट बुद्धभूमि नेपाल हाइड्रोपावरको ८ लाख शेयर निप्काशनमा आउने भएको छ ।

प्रतिकित्ता १ सय रुपैंयाको दरले कुल ८ करोड रुपैंयाको साधारण शेयर  निष्काशनमा आउन लागेको हो । जसमा ४० हजार कित्ता सामुहीक लगानी कोष र १६ हजार कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असोज २५ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।