TRENDING

इन्धनको ढुवानी नरोक्न नेपाल आयल निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगमले इन्धनको ढुवानी नरोक्न आग्रह गरेको छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले प्रोडक्ट डेलिभरी अर्डर नलिने भन्दै १५ दिने अल्टिमेटम दिएका थिए ।

निगम अन्तर्गतका प्रदेश एक, बाग्मती प्रदेश र लुम्बिनी प्रदेश अन्तर्गतको डिपोबाट पीडीओ नलिने महासंघले जनाएको थियो । सो पश्चात् तीनै प्रादेशिक कार्यालयले विज्ञप्ति जारी गरेर ढुवानी नरोक्न आग्रह गरेका हुन् ।

ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विरोध स्वरुप यस्तो घोषणा गरेको हो ।