

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनी मर्जरमा जाने भएका छन् । यसअघि नै आंशिक सहमति भएका यि दुई कम्पनि बीच मर्जरको विषयमा थप छलफल सुरु भएको हो । मर्जर गर्न दुबै पक्ष सहमत भएका छन् । यद्यपी स्वाप रेसियोको विषयमा सहमति हुन बाँकि छ ।
मर्जरका लागि साउन २४ मा नै यी दुई कम्पनीका सञ्चालकहरु बीच भद्र सहमति भएको थियो । तर, सेयर अनुपात (स्वाप रेसियो) को विषय फाइनल नहुँदा मर्जर सम्झौतामा ढिलाइ भएको हो । सुरुआती छलफलमा हिमालयन जनरल इन्स्यारेन्सको सय कित्ता बराबर सगरमाथाको एक सय कित्ता प्रस्ताव गरिएको थियो । तर हिमालयन जनरल इन्स्यारेन्सले ९० प्रतिशत अर्थात सय कित्ता बराबर ९० कित्ता सेयर दिनु पर्ने माग राखेको छ । ‘सगरमाथाका केही सञ्चालकले भने ७५ प्रतिशत दिनुपर्ने माग गर्नु भएको छ, उताको ९० पाउनुपर्छ भन्ने माग छ’ श्रोतले भन्यो, ‘सम्भवतः ८० वा ८५ प्रतिशतमा मिल्छ होला, नाम लगायतका विषयमा खास समस्या हुँदैछ ।’ यस विषयमा छलफल गर्न दुबै समूहको भोलि बिहीबार बैठक बस्दैछ ।
यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ । हाल सगरमाथाको चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ छ भने हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
सगरमाथा रिटेल ग्राहकहरु धेरै भएको कम्पनी हो भने कर्पोरेट ग्राहक धेरै भएको कम्पनी हिमालयन हो । दुई कम्पनी एक भएपछि निकै बलियो कम्पनी हुनेछन् । बिमा क्षेत्रको इतिहासमा यी दुई कम्पनीहरु पहिलो पटक गाभिन लागेका हुन् ।
इन्सुरेन्सबाट थप समाचार
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७