TRENDING

प्रदेश नं २ को प्रदेश प्रमुखमा मिश्र

काठमाडौं । महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गर्दै सो पदमा मिश्रलाई नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र कांग्रेसका पुराना नेता हुन् ।

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख झालाई पदमुक्त गर्दै मिश्रलाई नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।