वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट प्रहरीले लागुऔषध गाँजा ओसारपसारको कारोबारमा संलग्न एउटा ट्रकसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालीका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् ।
ना२ख ९८६२ नंको ट्रकको क्याभिनको भागको हुटमा फल्स बटम बनाई लुकाईछिपाई ल्याएको राखिएको १७ वटा पोकामा राखिएको करीब एक क्विन्टल लागुऔषध गाँजा सोमबार प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा पक्राउ परेका ट्रक चालक ठाडामगरलाई गरिएको अनुसन्धानपश्चात् सो कारोबारमा संलग्न अन्य दुईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ त्रिभुवन राजपथस्थित सडक खण्डमा नामटार तर्फबाट हेटौँडातर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लुकाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरिएको थियो ।
बागमती प्रदेशबाट थप समाचार
प्रहरीमाथि हातपात, एक जना पक्राउ
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
अफगानिस्तानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु
नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो
नेपाली विदेश पढ्न जाँदा नौ महिनामा एक खर्ब बाहिरियो
शेयर बजार ८ अङ्कले बढ्यो, ३ अर्ब १५ करोड रुपैयाँको कारोबार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८